सबै संक्रमित निको भएपछि , कोरोना मुक्त बन्यो उदयपुर

उदयपुर २३ जेठ / उदयपुरमा कोरोना संक्रमण व्यक्तिहरु सबै डिस्चार्ज भइ घर फर्किसकेको छ । उदयपुरबाट संक्रमित भइ अस्पतालमा उपचार गराइरहेको सबै संक्रमितहरु बिहिबार सम्म फर्किसकेका छन् ।

केहि संक्रमितहरु पटकपटक गरी पहिले नै फर्कि सकेका र १ संञ्चारकर्मि सहित अरु ३ जना भने उपचारको क्रममा बाँकि रहेका ४ जना पनि हिजो मात्रै बिराटगर बाट फर्किसकेका छन् ।

सबै संक्रमितहरु डिस्चार्ज भएपछि उदयपुरमा ४८ दिन पछि कोरोना शुुन्य अवस्थामा झरेको छ । उदयपुरको भुल्केमा एकै पटक नेपालकै ठुलो संख्या र १ नं प्रदेशको पहिलो संक्रमित जिल्लाको रुपमा उदयपुर रहेको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका मस्जिद बाट एकै चोटी १२ जना संक्रमित फेला परेपछि उदयपुर पहिलो पटक नेपालकै इपिसेन्टरको रुपमा रह्यो ।पछि थप हुदै अन्यमा पनि संक्रमण पुष्टि भयो । उदयपुरबाट ३३ जना संक्रमितहरु हस्पिटलमा उपचारमा थिए । उनिहरु बिहिबार मात्रै डिस्चार्ज भई फर्किसकेका छन् ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार ०३:२१