इलाम ९ साउन / अविरल वर्षासँगै खोलामा पानीको सतह बढ्दा दुर्घटना पनि बढ्न थालेका छन् । इलाममा एक सार्वजनि सवारीलाई खोलाले बगाएको छ ।
इलामको एकतप्पादेखि मंगलबारे आउदै गरेको ट्याक्सी खोला तर्ने क्रममा फाकफोक खोलामा बगेको तस्वीर प्रज्वल भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
बिहीबार दिउँसो तीन बजेको घटनामा यात्रारत रात्रु सकुशल रहेका छन् ।
अन्य समाचार
उदयपुर । खाद्यान्न लिएर उदयपुरको संकटग्रस्त क्षेत्र लिम्चुङबुङं गाउँपालिका उढेको नेपाली सेनाको हेलीकप्टर खराव मौसमकाकारण ताप्लि गाउँपालिकाको रुपाटारमा अवतरण गरी खाद्यान्न झारेर फर्केको छ । पहिलो पटक लिम्चुङबुङ र दोस्रो पटक ताप्लि गाउँपालिमा खाद्यान्न ढुवानी गर्ने योजना भएपनि लिम्चुङबुङंमा मौसमले साथ नदिएकोले रुपाटारमै अवतरण गरी खाद्यान्न झार्नु परेको हो
दुई गाउँपालिका पुग्ने बाटो अविरल वर्षा र पहिरोको कारण अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले ती ठाउँमा चरम खाद्यान्न अभाव भएकोले हेलिकप्टरबाट राहत पठाईएको हो ।
पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर र नून १ सय ५० किलो नेपाली सेनाको हेलिकप्टरबाट पठाएको हो ।