गण्डकी प्रदेशको ४ जिल्लामा थपिए १७ संक्रमित

काठमाडौँ / आज शनिबार बिहानै १७ जनामा कोरोना पुष्टि भएको छ । कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । शुक्रबार मात्रै करिब साढे दुई सय संक्रमित नेपालमा थपिएका थिए भने ४३ जना निको भएर घर फर्केका थिए ।

हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त आज ४३ जना निको भएसँगै कोरोना जित्नेको संख्या ३३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ ।

Loading...
प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार ०१:०१