काठमाडौं / विदेशबाट उद्दार गरिएका नेपालीलाई राखिने होटलको सूची सार्वजनिक भएको छ । आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलको सूची सार्वजनिक गरेको हो ।
होटल क्वारेन्टाइनका लागि चारतारेदेखि डिलक्स रिसोर्टसम्मका ४७ वटा होटलको नाम सार्वजनिक गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र काठमाण्डौको बैठकले होटलको नाम टुंगाएको हो ।
विदेशबाट नेपाल फर्कन चाहनेले ४५ वटा होटलमा शुल्क तिरेर बस्न पाउनेछन् । ४५ वटा होटलमध्ये चार तारे ग्रान्ड होटल रहेको छ । यस्तै तीन तारे होटलमा एअरपोर्ट होटल, होटल बैशाली, समिट, मर्स्याङ्दी, प्लाटिनम, मनाङ, ल्याण्डमार्क, मुनलाइट र सर्विना लगायत छन् ।
४५ वटा होटलको सूची :