खुमन अधिकारीको तीज कोसेली “डामै डाम” – भिडियो सहित

काठमाडौं / हिन्दु नारीहरुको पर्व तीजलाई मध्यनजर गर्दै चर्चित लोकप्रिय गायक खुमन अधिकारीले “डामै डाम” बोलको नयाँ तीज गीत बजारमा ल्याएका छन् । खुमन अधिकारी र अमृता लुङ्गेली मगरको स्वर रहेको यश गीतलाई जे.के अधिकारीले शब्द संंकलन गरेका हुन्, ‘भने संगीत गायक खुमन अधिकारीकै रहेको छ”।

श्रीमान श्रीमतीको झगडामा आधारित गीतको भिडियोमा खुमन अधिकारी र सुस्मिता सापकोटाले उत्कृष्ट भुमिका निभाएका छन् ।

रामजी पन्तको निर्देशनमा करण चैसियरले खिचेको भिडियो म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट बजारमा आएको हो ।

भिडियो हेर्नुहोस् :

यो बर्षको लागि यो भन्दा अगाडि पनि उत्कृष्ट तीज गीतहरु बजारमा ल्याइसकेका खुमन अधिकारीको यो गीतले पनि दर्शक स्रोताको राम्रो साथ पाउनेछ ।

Loading...
प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १३:०३