पहिलोपटक रोल्पामा भेटिए कोरोना संक्रमित

रोल्पामा पहिलो पल्ट तीन जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । गत १२ गते भारतबाट आएर सुनिलस्मृती गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

दाङ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना र नेपालगञ्जमा गरिएको परीक्षणमा दुई जना गरि तीन जनाको रिपोर्टमा संक्रमण भएको पुष्टी भएको हो ।

सुनिलस्मृती गाउँपालिका ५ र ६ नम्बर वडाका २०, २२ र २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि उनिहरुलाई सदरमुकामस्थीत जलजला बहुमुखी क्याम्पसमा तयार गरिएको आइसोलेसन कक्षमा ल्याउने तयारी गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टाईका अनुसार उनिहरु स्वास्थ्य अवस्था सामान्य छ । सुनिलस्मृती गाउँपालिकाका अनुसार सुनिलस्मृती गाउँपालिकाका अरु २ सय ७६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप २१३ जना कोरोना संक्रमितहरु थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३,४४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका प्रवक्ता डा. देवकोटाले जनाएका छन् । उनका अनुसार १ सय जना पुरुषहरु र २ जना महिला संक्रमितहरु निको भएका हुन् ।

योसँगै नेपालका ४६७ जना संक्रमितहरु निको भइसकेका छन्, जसमध्ये ३९९ जना पुरुष रहेका छन्, भने बाँकी ६८ जना महिला रहेका छन् ।

Loading...
प्रकाशित मिति २५ जेष्ठ २०७७, आईतवार ११:०५