धुमधाम विवाह भइरहेको ठाउँमा प्रहरी पुगेपछि रोकियो विवाह

सोलुखुम्बु / थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा धुमधामका साथ भईरहेको बालविबाह रोकिएको छ । आईतबार (आज) तामझामका साथ दुलहीको घरमा दुलहा सहित जन्ति आएको गोप्य सुचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त विवाह रोकेको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो ।

वडा अध्यक्ष भुपालसिं राईका अनुसार लोखिमका एक १९ बर्षिय पुरुष र १६ बर्षिया बालिका बीच दुवैको मञ्जुरीमानै विबाह भईरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाई बुझाई विवाह रद्ध गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

मुलुकी अ प’राध संहिता २०७४ को दफा १७३ को उपदफा २ मा २० बर्ष नपुगी मञ्जुरीमानै गरिएको विबाहलाई कानुन विपरित मानिएको छ ।

यदि उमेर नपुगी भएको विवाह स्वत रद्द हुने समेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विबाह गर्ने गराउने ब्यक्तिलाई समेत ३ बर्ष सम्म कै’द र ३० हजार रुपैया सम्म जरिवाना हुन सक्ने ब्यवस्था रहेको छ । सोलुु एफएम को सहयोगमा 

Loading...
प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ०१:२४