१८ बर्षमै बिधुवा हुन पुगेकी टिकारामकी श्रीमती रुँदै यसो भन्छिन् (भिडियो हेर्नुहोस्)

रुकुम / रुकुम जाजरकोट घ टनामा ज्या न गु माएका अर्का एक युवक जसको अहिले खासै चर्चा छैन । जाजरकोटवाट रुकुममा आफ्नो प्रेमिका लिन भन्दै साथी लिएर गएका नवराज विक र उनका ५ जना साथीले ज्यान गुमाए । नवराज विकले बोलाएर रुकुम गएका एक अर्का युवक जो यो संसारमा छैनन् । तर उनको परिवारमा परेको विप त्ती भने सहन पनि कठिन हुने खालको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, लामिछाने गाउँका २० वर्षीय टीकाराम सुनार सोबे र गीताका एक्लो सन्तान हुन् । विवाहित उनका २ वर्षीया छोरी र श्रीमती छन् । उनका बुबाआमा मजदुरी गर्छन् । टीकाराम भने चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्दै आएका थिए ।

अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा उनी थिए । ‘साथीको साथ लागेर गयो, पापीले मारेर भेरीमा फाले,’ उनका बुबा सोबेले भने, ‘नातिनीलाई टुहुरी बनाए, बुहारीको सिन्दूर पुछियो ।’ सोबेले एक्लो सन्तान गुमेको जस्तै पीडा नातिनी र बुहारीको बिजोग देख्दा हुने गरेको बताए ।

टिकारामको श्रीमती अहिले आफ्नो श्रीमानको कि रियामा बसेकी छन् । उनी आफै निकै कलिलो उमेरकी छन् । साथमा दुई वर्ष पनि नपुगेको बच्चा छ । उनीहरुको प्रेम विवाह भएको थियो । १८ वर्षको कलिलो उमेरमा आफ्ना श्रीमान गुमाएकी टिकाराम विककी श्रीमतीको अवस्था देखेर जसको मन मन रुवाउँछ ।

निकै कलिलो उमेरमा आफ्नो माया, प्रेम र सहारा गुमाएकी सुनिताको अगाडी अब पहाड जत्रो जिवनको यात्रा बाँकी छ । उनीहरुको प्रेम विवाह भएको थियो । उनले १४ वर्षको उमेर हुँदा प्रेम विवाह गरेकी थिइन् । निकै सानो उमेरमा विवाह गरेकी सुनिताको काखमा अहिले २ वर्षको छोरी छन् । तोतेवोले निस्कन नपाउँदै यि बालिकाले आफ्नो बुवाको छहारी गुमाएकी छन् । कुनै दोश नभएका आफ्ना श्रीमानले अनाहकमा ज्या न गु माउन पुगेकी यिनले त्यो दिनको घटना सम्झदै भन्छिन् । टिकाराम आफ्नो परिवार र छोरीको साथमा बसिरहेका थिए । त्यसैबेला नवराजको फोन आयो । नवराजले टिकाराम तिमी छिट्टो आउ बेहुली लिन जान छ भनेर बोलाए । तीन पटक सम्म फोन गर्दा सम्म पनि टिकारामले फोन उठाएका थिएनन् । अघिल्लो केही दिन अघि पनि उनले एउटा युवकको वेहुली लिएर आएका थिए ।

उनलाई नवराजसंग जान मन लागेको थिएन । नवराजले जबरजस्ती बोलाए । दुई मिनेट मात्र भएपनि मलाई भेट्न आइज अनि म सबैकुरा भन्छु भनेर बोलाए । मन नलागी नलागी गएका उनका श्रीमान कहिल्यै नफर्कने गरी अस्ताए । टिकारामको नि धन भयो होला भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । उनले भनिन्, मलाई त त्यस्तो लागेको थिएन । टिकाराम पौडी खेल्न सक्ने मान्छे हो । धेरै पटक पौडी खेलेर भेरी तरेको छ । आफै नदिमा पसेर त्यस्तो भएको होइन । टिकारामको श व फेला परेपछि मैले हेरे उसको टाउको पुरै गिलो थियो ।

यति सानै उमेरमा आफ्नो छोरा गुमाए पछि सुनिताकी सासुले यो कलिलो उमेरकी बुहारीलाई अब म छोरी बनाएर राख्छु । यहि घरवाट अन्माएर पठाउँछु भनेर भनेकी छन् । तर सुनिता भने सरकारले आफ्नो छोरीको पालन पोषण र पढाईको जिम्मा लिइदिए र आफुलाई पनि एउटा रोजगारीको ब्यवस्था गरिदिए आफु छोरीको भविष्य हेरेर बस्ने बताएकी छन् ।

Loading...
प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ०९:०६