शिव परियारको “प्रेमको फूल” सार्वजनिक

काठमाडौं / नेपाल भन्दा टाढा रहेर परदेशमा बसेर नेपाली गीत संगीतमा सक्रिय हुनु र दर्शक श्रोताको लागि नया नया गीतहरु बजारमा सार्वजनिक गर्नु कठिन काम हो भने यस कामलाई निरन्तरता दिने धेरै कम व्यक्तिको सुची छ त्यहि सुची भित्रको एक नाम हो राजेश अर्याल । गीतकार उनको परिचय हो जसले दर्जनौ गीत सिर्जना गरिसकेका छन् भने उनका अधिकांश गीतले दर्शकहरुको मन जितेको पनि छ ।

यहि बीच आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिदै उनले आफ्नो नया कोसेली दर्शकहरु माझ आज पेश गरेका छन् । उनको सुन्दर र मार्मिक शब्दमा तयार भएको “प्रेमको फुल” बोलको गीत युटुबमा सार्वजनिक भएको छ । भूपू पाण्डेको संगीतमा गायक शिव परियारले सुमधुर स्वर भरेका छन् । यो गीत राजेश अर्यालको “स्मृति” नामक एल्बममा समावेश रहेको छ ।

गीत जति मार्मिक छ उत्ति नै सशक्त गीतको म्युजिक भिडियो बनेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नायक आकाश श्रेष्ठ, नायिका वर्षा राउत र कमल सिंहले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा गीतले भने बमोजिम प्रेम र धोकाको कथा प्रस्तुत गरिएको छ जसले धेरैको मनलाई झस्काउने पक्का देखिन्छ ।

एक पछि अर्को गीत र भिडियो बजारमा निकालिरहेका गीतकार राजेश अर्यालको अर्को गीत “आँशु झरेन” को म्युजिक भिडियो आउँदो हफ्ता रिलिज हुदैछ । उक्त गीत पनि राजेश अर्यालको “स्मृति” एल्बममा समावेश गीत नै हो । गीतमा बीबी अनुरागीको संगीत र बिश्वो नेपालीको स्वर समावेश रहेको छ । लामो समय देखि अमेरिकामा बसेर पनि ब्यस्त समयलाई व्यवस्थापन गर्दै राजेश अर्यालले नेपाली गीत संगीतमा निकै तल्लिन भएर लागिपरेको देखिन्छ ।

भिडियो :

उनको यो लगावले साच्चै नै नेपालीहरुलाई गर्व गर्न सक्ने बनाएको छ । उनले भने दर्शक श्रोताको साथ र सबैको सहयोगले मात्र आफुले यो काम गर्न सकेको बताएका छन् । आगामी दिनमा पनि यस्तै साथ र माया दिनुहुनको लागि पनि उनले सबै दर्शक श्रोता संग अनुरोध गरेका छन् ।

Loading...
प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १७:२६