सन्तोष केसीको ‘संसार रुँदैछ’……

  • सुस्मा श्रेष्ठ

काठमाडौं २७ जेठ / विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९ ) बाट नेपाल सरकारले पनस देशलाई लकडाउन घोषणा गरेको आज ७७ ओै दिन भइसकेको छ ।

लामो समयको बन्दाबन्दीको कारण जनजीवन प्रभावित भइरहेको बेला गायक तथा सर्जक सन्तोष केसीले समसामयिक बिषयबस्तुलाई समेटेर तयार पारेको “रसंसार रुँँदैछ ” बोलको गीतले छोटो समयमै चर्चा बटुल्न सफल भएको छ ।

स्वरकी धनी वरिष्ठ लोक तथा दोहोरी गायिका सर्मिला गुरुङ र सन्तोष केसीको स्वरा रहेको उक्त गीतलाई गायक स्वयम् केसीले शब्द संगीत भरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो समय नेपालमा भइरहेको घटनाक्रमको दृश्यलाई समेटिएको छ । भिडियोमा गायिका गुरुङ र गायक केसीले स्टुडियो भित्र गीत गाइरहेको दृश्य पनि देख्न सकिन्छ। सुरेश श्रेष्ठले खिचेको भिडियोमा सन्तोषकै निर्देशन रहेको छ भने प्रबिन भट्टको सम्पादन रहेको छ।

गीतको पूरा भिडियो हेर्नुहोस् :

 

Loading...
प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ११:२३