उदयपुरमा थप १ जनामा कोरोना पुष्टि

काठमाडौं २८ जेठ / नेपालमा पहिलोपटक कोरोना संक्रमित धेरै भेटिएको जिल्ला उदयपुरमा फेरि थप आज १ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट फर्केर क्वारेन्टाइनमा रहेका उदयपुरगढी गाउँपालिकाका एक युवाको पिसिआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भारतबाट आइ क्वारेन्टइनमा बसेका २५ वर्षिय पुरुष हुन् । गत २२ गते स्वाव नमुना संकलन गरी परिक्षणको लागि विराटनगर पठाइएको थियो । सोको अन्तिम रिपोर्ट आज आएको हो ।

योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जिल्लाको हकमा उदयपुरगढी गाउँपालिकामा पहिलोपटक संक्रमित देखिएको हो । उदयपुर जिल्लामा तीन नगरपालिकामा यसअघि नै देखिएको थियो ।

Loading...
प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार ०९:०५