सरकारले लकडाउन बारे गर्यो यस्तो निर्णय ( हेर्नुहोस् )

काठमाडौं २८ जेठ / नोभेल कोरोना भाइरस ( कोभिड-१९) रोकथाम र नियन्त्रणका चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको आज ७९ अौं दिन पूरा भएको छ ।

जेठ ३२ जारी लकडाउनको अवधि जेठ ३२ गते रातको १२ बजे सकिँदैछ । त्यसपछि कसरी अगाडि बढ्ने बारेमा आज बसेको मन्त्री परिषदको बैठकले लकडाउनलाई चरणबद्ध रुपमा खुकुलो बनाउँदै अगाडि बढ्ने निर्णय गरेको छ ।

बुधबार साझ ५ बजे बसेको मन्त्री परिषदको बैठकले असार १ गतेदेखि पसलहरु खोल्न दिने निर्णय गरेको छ भने निजि सवारीसाधनलाई पनि जोर बिजोर छुट्याएर चल्न दिने निर्णय गरेको छ ।

लामो समयको बन्दाबन्दीको कारण जनजीवन प्रभावित हुन थालेपछि सरकारले सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

असार १ गतेदेखि निजि सवारीसाधन चल्न दिएपनि अहिलेनै सार्वजनिक यातायात भने नखुलाउने सरकारले तयारी गरेको छ ।

Loading...
प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १६:३३