विदेशमा अलपत्र नेपालीलाई कुन देशबाट कति गते ल्याउँदैछ ( हेर्नुहोस तालिका सहित )

काठमाडौं २९ जेठ / कोरोना भाइरस (कोभिड-१९) का कारण बिदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धारको लागि तयारी गरेको छ । सरकारले नेपालबाट सम्भव भएसम्म सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजहरु पठाउने योजना बनाएको छ । तर, नेपाली एयरलाईन्सले मात्रै यो अवधिमा सबैदेशको उडान गर्न सम्भव नहुने भएकाले केहि विदेशी विदेशी एयरलाइन्स समेत उद्धारमा प्रयोग हुनेछन ।

त्यस्तै विदेशबाट स्वदेश फर्कन प्राथमिकता परेकाहरुले जहाज भाडा आफैले बेहोर्नु पर्नेछ भने नेपाल आएर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । उद्धार गरिएका नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वारेन्टाइन सम्म व्यवस्थापनको लागि नेपाली सेनाले सहयोग गर्नेछ ।

त्यस्तै गत शुक्रबार युएई सरकारले १६८ नेपाली नागरिकलाई एयर अरेबियाको जहाजबाट नेपाल पठाएको थियो भने सोहिदिन म्यानमार सरकारले पनि २६ अलपत्र नेपालीलाई स्वदेश पठाइदिएको हो ।

कुवेतमा आममाफी पाएर बसेका ३०० नेपाली महिलालाई कुवेतर सरकारले २ वटा जहाजबाट भोलि नेपाल उद्धार गरिदिने भएको ।

हेर्नुहोस् सरकारले कुनदेशबाट कति गते उद्धार गर्दैछ ।

Loading...
प्रकाशित मिति २९ जेष्ठ २०७७, बिहीबार ०२:००