काठमाडौं / लोकप्रिय गायिका मञ्जु पौडेलको “नाच्छु घुमेर” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई बि एम एस फिल्म्सको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेंज रहेको छ ।
काम भन्दा भन्दै आधि उमेर ढल्केको पीडालाई समावेश गरिएको उक्त गीतमा मादलु घन्काइदिन आग्रह गरिएको छ भने नाच्न कुरा गरिएको छ ।
मञ्जु पौडेल र अनुषा पौडेलको अभिनय रहेको उक्त गीतको भिडियो सौरभ लामाले छायाँकन गरेका हुन् । तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा मञ्जु पौडेल र अनुषा पौडेललाई निकै राम्रो नृत्य गर्दै र खुसी हुँदै देख्न सकिन्छ ।
शिव बि.क.को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।