नेपालमा कोरोना संक्रमित ५ हजार नाघ्यो , एकै दिन थपिए ४ सय ४८ संक्रमित

काठमान्डौ ३० जेठ / नेपालमा आज सबै भन्दा बढी संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज एकैदिन थप ४४८ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५,०६२ पुगेको प्रबक्ता गौतमले बताएका छन ।

आज कोरोना पुष्टि भएका हरु सप्तरी , सिरिहा , धनुषा , महोत्तरी , सर्लाही , रौतहट , बारा, सुर्खेत, दैलेख , नवलपरासीलगायत जिल्लाका छन ।कोरोनालाई जितेर २४ घन्टामा १६ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त भइ घर फर्किनेको सङ्ख्या ८ सय ७७ पुगेको छ भने हालसम्म नेपालमा १६ जनाले ज्यान गुमाइसकेको छ ।

Loading...
प्रकाशित मिति ३० जेष्ठ २०७७, शुक्रबार १०:४६