सरकारले सार्वजनिक गर्‍याे १० अर्बको विवरण, कहाँ कति खर्च भयो ?

काठमाडौं / कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र उपचारमा मुलुकमा अहिलेसम्म भएको खर्च विवरण सरकारले सार्वजनिक गरेको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा र उपचारमा अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । सरकारले १० अर्ब रुपैयाँ खर्च भएको जानकारी गराएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै आएका थिए ।

कांग्रेस सांसदहरुले प्रतिनिधिसभा बैठकमा खर्च विवरण सार्वजनिक गर्न माग गरेका थिए । कांग्रेस सांसदहरुको मागप्रति सम्बोधन गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले विवरण सार्वजनिक हुने प्रतिवद्धता जनाउनु भएको थियो । खर्च विवरणप्रति सर्वत्र चासो हुन थालेपछि सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।

कोरोना महामारी रोक तथा तथा नियन्त्रणको लागि सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’ गठन गरेको थियो । समितिमा सबै मन्त्रीलाई सदस्य राखिएको छ । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी योजना, निर्णय र व्यवस्थापन समिति अन्तरगत नै हुँदै आएको छ । 

Loading...
प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार ०५:२०