रगत सबैको रातै हो, थर बदल्नु पर्दैन चुल्हो चले हुन्छ ….

काठमाडौं ३१ जेठ / समसामयिक बिषयलाई समेटेर गीत मार्फत जनचेतनामूलक सन्देश दिँदै आएका चर्चित गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले फेरि नयाँ गीत लिएर बजारमा आएका छन् ।

हेमन्त कान्छा र चर्चित गायिका देवी घर्तीको स्वरमा “थर फेर्न पर्दैन” बोलको गीत भर्खरै मात्र हेमन्त कान्छा रसाइली अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

निकै नै मर्मस्पर्शी शब्दहरुलाई संगालेर गीतलाई सपना रसाइलीले लेखेका हुन्, यसअघि पनि उनले थुप्रै गीतमा कलम चलाइसकेका छन् ।

पछिल्लो सामाजिक सञ्जाल देखि सदनसम्म जातियताको कुराले चर्चा चल्न थालेपछि गायक हेमन्त कान्छाले ” रगत सबको रातो हुन्छ, सेतो हुने कुन्छर’ भन्दै जातिय छुवाछूतको अन्त्य गरिनुपर्छ भन्ने सन्देश गीत मार्फत बाडेका छन् ।

गीतको भिडियो पनि निकैनै उत्कृष्ट बनेको छ । गीतको भिडियोलाई गायक हेमन्त कान्छा स्वयंले निर्देशन गरेका हुन् भने, करण चैसरको कोरियोग्राफी रहेको छ । भिडियोमा वरिष्ठ कलाकार सुरबिर पण्डित, अन्जु निरौला, रवीना भण्डारी र हेमन्त कान्छाले उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियो :

 

Loading...
प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार ०६:३९