संसद छोडेर हिडिन सरिता गिरी

काठमाडौँ / संविधान संशोधन विधेयक विरुद्ध संशोधन प्रस्ताव दर्ता गराएको समाजवादीकी सांसद सरिता गिरीले आफ्नो प्रस्ता नै अस्वीकृत भएपछि संसद बहिस्कार गरेकी छन्।

सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमावलीको दफा १ सय १२ अनुसार स्वीकार हुन नसक्ने भन्दै सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए। सभामुख सापकोटाको घोषणापछि सांसद गिरी संसद बैठक छाडेर निस्किएकी हुन्।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’ रहेको भन्दै सभामुख सापकोटाले संशोधन अस्वीकृत गर्ने निर्णय गरेका हुन्।

Loading...
प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार ०९:५६