नेपालमा कोरोना संक्रमित सङ्ख्या ५३ सय ३५ पुग्यो , थप २ जनाको मृत्युु

काठमाडौं ३१ जेठ / पछिल्लो २४ घण्टामा थप २ सय ७३ जना कोरोना संक्रमीत थपिएसँगै नेपालमा कुल संक्रमित सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज कोरोना मुक्त भइ घर फर्किनेको सङ्ख्या ३६ रहेको छ भने , नेपालमा कोरोना संक्रमित थप २ जनाको ज्यान गएको छ ।

यो पनि : कर्णाली प्रदेशमा थप ७० सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेख ३० र सुर्खेतका ४० जनामा कोरोना पुष्टि भएको हो ।

दैलेख अस्पतालबाट ५ र दुल्लु अस्पतालबाट ४ जना गरी ९ जना डिस्र्चाज भएका छन् । कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

हालसम्म दैलेखमा ५०२, सुर्खेत १९७ सल्यान १३७, कालिकोट २८, जुम्ला २४, जाजरकोट ८, मुगु २, हुम्ला १, डोल्पा १ र अन्य प्रदेशका बासिन्दा १६ जना सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय १६ पुगेको हो । कर्णाली प्रदेशको पश्चिम रुकुममा कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Loading...
प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार १०:४१