अन्जली र फुल्देकी आमाको जताततै चर्चा  (भिडियाे सहित)

काठमाडौँ, १० साउन । अन्जली अधिकारी र फुल्देकी आमाको फिचर्ड रहेको ‘चुले निम्तो’ बोलको तीज गीत रिलीज भएको छ ।

गायिका योजना पुरीको स्वर रहेको गीतमा रविन विष्टको शब्द तथा गौरव दर्पणको संगीत रहेको छ ।

स्मृती तिम्लिसिनाको निर्देशन रहेको उक्त भिडियोलाई सरेश श्रेष्ठले छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ ।

भिडियो

यो पनि हेरौ

लोकप्रिय गायिका मञ्जु पौडेलको  “नाच्छु घुमेर”  बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई बि एम एस फिल्म्सको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेंज रहेको छ ।

काम भन्दा भन्दै आधि उमेर ढल्केको पीडालाई समावेश गरिएको उक्त गीतमा मादलु घन्काइदिन आग्रह गरिएको छ भने नाच्न कुरा गरिएको छ ।

मञ्जु पौडेल र अनुषा पौडेलको अभिनय रहेको उक्त गीतको भिडियो सौरभ लामाले छायाँकन गरेका हुन् । तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा मञ्जु पौडेल र अनुषा पौडेललाई निकै राम्रो नृत्य गर्दै र खुसी हुँदै देख्न सकिन्छ ।

शिव बि.क.को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Loading...
प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार १३:५६