पर्वत ३२ जेठ / पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाकाे ज्यान गएकाे छ । पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिराेमा ९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुकाे अहिले खाेजी भइरहेकाे छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि एक जनाको मृत्यु भएको छ । दुर्लुङको काउले ढकालबारीमा गएको पहिरोले क्म्तीमा २ घर बगाएको छ भने ९ जना सम्पर्क बिहीन भएका छन ।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले दिएको जानकारी अनुसार समाचार तयार पार्दा सम्म एक जना महिलाको शब भेटिएको छ भने दुई घरमा गरि ९ जना सदस्य रहेका थिए । उनीहरु अहिले सम्पर्क बिहीन छन । (फाइल फोटो )