शान्तिश्री परियार र अञ्जली अधिकारीको “फुलमती चनमती” सार्वजनिक

काठमाडौं / शान्ती श्री परियार र अञ्जली अधिकारी फेरि अर्को गीतमा सँगै आए,संदेश मुलक गीत गाउँदै सबैलाई भावुक बनाए दुई बैनीले

नेपाली लोकदोहोरी कि लोकप्रिय गायिका शान्ती श्री परियारको यो वर्षको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

समाजमा घटिरहेका बिबिध विकृति र विसंगिलाई चोटिलो प्रहार गरी तयार पारिएको सो गीत सुन्न थाले पछि अन्तिम सम्म सबैलाई बाँधेर राख्छ ।

उत्कृष्ट लय तथा निकै दमदार शब्द सहित तयार पारिएको सो गीतमा नेत्र अर्यालको शब्द सिर्जना रहेको छ भने खेम सेन्चुरी को सुमधुर लय सिर्जना रहेको छ ।

यो गीतमा शान्ती की आफ्नै बैनी ज्ञानु परियारको पनि आवाज रहेको छ । उनले पनि निकै उत्कृष्ट आवाज दिएको छन् भने खेमको पनि आवाज सुन्न सकिन्छ ।

गलबन्दी गीतको चर्चित मोडल अञ्जली अधिकारी र शान्तिका दुई बैनीहरुको अभिनय रहेको सो गीतलाई लोकप्रिय निर्देशक शिव विकले गरेका छन् ।

आफ्ना विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफूहरु आशावादी रहेको गायिका शान्तिले हामीलाई बताउनु भयो ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी । यहाहरुलाई गीत मन पर्यो भने शेयर गर्नु होला ।

 

Loading...
प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार १४:५५