नेपालमा कोरोना संक्रमित सङ्ख्या ५७ सय नाघ्यो , थप १ जनाको मृत्यु

काठमाडौं ३२ जेठ / नेपालमा पछिल्लो २४ घन्टाभित्र ४२४ जना नयाँ संक्रमित थपिएका छन् यो सँगै नेपालमा कुल संक्रमित सङ्ख्या ५७ सय ६० पुगेको छ । लकडाउनको ३ महिना पूरा हुन लाग्दा झनै दिनानुदिन संक्रमित सङ्ख्याले रेकर्ड राखेको छ ।

कोरोना संक्रमण मुक्त भइ विभिन्न अस्पतालबाट ६१ जना घर फर्किएसँगै कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९ सय ७४ पुगेको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी गराएका छन् ।

नियमित पत्रका सम्लेनमा जानकारी दिँदै प्रवता जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमित थप १ जनाको ज्यान गएको पुष्टि गरेका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउने कुल सङ्ख्या १९ पुगेको छ

Loading...
प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार १०:४०