बाध्यताले प्रदेशीएका युवाहरूलाई धुरुक्कै रुवाउने गीत “फर्क प्रदेशी” सार्बजनिक

  • सुस्मा श्रेष्ठ 

काठमाडौं  ३२ जेेठ / बिश्वासभर महामारी को रुपमा फैलिएको नोभेल कोरोना भाइरस ( कोभिड-१९) बाट नेपाल सरकारले पनि देशलाइ लकडाउन घोषणा गरेको आज ८२ औं दिन भैसकेको छ।

नेपालमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण का लागि विभिन्न गतिबिधिहरु भैरहेको छ।भाइरश नियन्त्रण का लागि विभिन्न संघ सस्था तथा ब्यक्तिहरुले आ आफ्नो तर्फबाट पहल गर्दै आएका छन।

कलाकारहरु पनि भाइरस सम्बन्धि जनचेतनामूलक गीत संगीत हरु युट्ब मार्फत बजारमा ल्याएका छन ।यसै क्रम मा धेरै गीत हरु बजार मा ल्याइसकेका बर्शौ देखि नै लाखौं दर्सन श्रोता को मनमा बस्न सफल एस.एस.डिजिटल को निर्देशक तथा बुलन्द आवाज का धनि गायक सर्जक सन्तोष के.सि बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आउनु भएको छ।

आज भन्दा केही हप्ता अगाडि मात्र के.सि ले  कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक गीत ” संसार रुदैछ” सार्बजनिक गरेका थिए,भने यसै क्रम मा केहि दिन अगाडि कोरोना भाइरस सम्बन्धित मेल खाने आफ्नो घरपरिवार छोडेर  बाध्यताले प्रदेशिएका युवायुवती हरु लाई धुरुक्कै रुवाउने गीत ” फर्क प्रदेशी” सार्बजनिक गरेका छन।फर्क प्रदेशी गीत मा गायक सन्तोष के.सि र गायिका बिष्णु माझी को स्वर रहेको छ,भने संगीत पनि के.सि कै रहेको छ ।

टिकाराम अधिकारी को शब्द ,शंकर  बि. सि को निर्देशन मा रहेको सोही गीतको भिडियो मा रन्जिता गुरुङ ,बाबुराम बोहरा ,रमेश के.सि को अभिनय  रहेको छ।”फर्क प्रदेशी” गीत Santosh kc-SS digital नामक अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस :

Loading...
प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार १३:५३