दोलखा केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

असार ०२ / दोलखा सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ९ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रविन्दु चीनसंगको सीमाना नजिकै रहेको बताइएको छ। उक्त भूकम्प ४ दशमलभ १ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस भन्दा अगाडी गत हप्ताको सोमबार पनि नेपालमा भूकम्प गएको थियो।

अन्य समाचार :  कञ्चनपुरमा ११ को संंयोग परेका ११ महिने दूधे वालकले कोरोनालाई जितेका छन् ।सोमबार शुक्लाफाँटा नगरपालिका ११ का ११ महिने दूधे वालक शुसांख सुनारले कोरोनामाथि जित हात पारेका हुन् । दूधे बालक महाकाली अस्पतालबाट रिफर भएका छन् ।

कोडिभ १९ को केश आइसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २।३९क० अनुसार आइसोलेशन कक्षमा १४ दिन पूरा गरेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र रामशाहपथको पत्राचार अनुसार १ साता होम क्वारेन्टाइनमा बस्ने गरी शिशुलाइ डिस्चार्ज गरिएको हो ।

हिजो आइतबार मात्रै महाकाली अस्पतालमा भर्ना भएका चार जना कोरोना जितेर घर फर्किएका हुन् ।महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर भाई)ले दूधेवालक निको भएर विदाई गरिएको बताउनु भयो ।

११ महिने दूधे बालक जेठ दोस्रो साता ११ जना परिवार समूहमा भारतबाट फर्किएका शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वासिन्दा हुन् ।

उनको उमेर, समूह र वडा सबै ११–११–११ यो अचम्मको संयोग परेको थियो ।११ को संयोगले ११ महिने दूधे वालकले कोरोना जित्दा अहिले परिवारमा खुसी छाएको छ ।

Loading...
प्रकाशित मिति २ असार २०७७, मंगलवार ०५:२६