सरिता गिरीले भारतिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै यस्तो भनिन् ( भिडियो हेरेनुहोस् )

काठमाडौं / जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले फेरि विवादास्पद अभिव्यक्ति दिएकी छन् । भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।

टिभीनाइन भारतवर्षलाई अन्तवार्ता दिँदै सांसद गिरीले चीनको कुनै कुनै समूहबाट नेपाल उक्साहट भएर नयाँ नक्सा जारी गरेको बताएकी हुन् । नयाँ नक्सा जारी गर्दा नेपाल सरकारले स्रोत र आधारबारे केही उल्लेख नगरेकाले आफूले आपत्ति जनाएको बताएकी उनले भारतसँगै चीनको सीमा समस्या समाधान गर्ने गरी नक्सा ल्याउनु पर्ने बताउँदा आफूलाई राष्ट्रविरोधीको रुपमा चित्रण गरिएको गुनासो गरिन् ।

तराई मधेशका जनताले पहिचानका लागि १२ वर्षदेखि संघर्ष गर्दा पनि बेवास्ता गरेको भन्दै सांसद गिरीले मधेशी जनतालाई भारतीय एजेन्ट र जासूसको रुपमा सरकारले हेर्ने गरेको विवादास्पद भनाइ राखेकी छन् ।

आफू्ले सरकारी विधेयकमाथि संशोधन प्रस्ताव हाल्दा आफ्नो घरमा आक्रमणभएको भन्दै उनले वार्ताबाट भागिरहेको भारतबाट नेपालको भूमि मिचिएकोबारेमा भने केही बताइनन् । बरु उनले नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा गरिन् ।

नेपालले नक्सा जारी गर्दा भारतसँग नसोधेको भन्दै संसदमा विरोध जनाएपछि आलोचित बनेकी सांसद गिरी संविधान संशोधन विधेयक २०७७मा दर्ता गरेको संशोधन प्रस्ताव सदनले अस्वीकृत गरेपछि संसदबाट बाहिरिएकी थिइन् । तते पश्चातको उनको सांसद पद खारेज गर्न र उनलाई कारबाही गर्न आवाज उठिरहेका बेला फेरि उनले भारतीय मिडियासँग विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।

Loading...
प्रकाशित मिति २ असार २०७७, मंगलवार १०:०४