no-image

 

 

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै पुँजिगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार र चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार रुपैयाँको बजेट प्रस्ताव गरेका हुन् । उनले स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि दुई अर्ब १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए ।

गत वर्ष स्थानीय तहमा ६२ करोड २१ लाख ७२ हजार रुपैयाँ वित्तीय हस्तान्तरण गरेको प्रदेश सरकारले यसवर्ष अनुदान रकम बढाएको छ । यसैगरी, हरेक वर्ष बजेट अबण्डा (डल्लो बजेट) राखेर विवादमा पर्ने गरेको प्रदेश सरकारले यस वर्ष पनि बजेट अवण्डा राखेको छ । भइपरी आउने खर्चका लागि वित्तीय व्यवस्था शिर्षकमा ३० करोड राखिएको आर्थिक मामिला मन्त्री बोहराले बताए । बजेट भाषणको अनुसूचिमा अर्थ विविध शिर्षकमा तीन अर्ब ८८ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।

 

 

Loading...
प्रकाशित मिति २ असार २०७७, मंगलवार १२:४५