यी चार जिल्लामा लकडाउन कडा गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं, २ असार /  गृह मन्त्रालयले कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लामा लकडाउन कडा बनाउन निर्देशन दिएको छ ।

दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चार जिल्लालाई लकडाउन कडा बनाउन मन्त्रालयले निर्देशन दिएको हो ।

कोरोनाको उच्च जोखिममा परेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा लकडाउन कडा बनाउने भनिएको छ । चार जिल्लामा दैनिक संक्रमितको संख्या बढिरहेको छ ।

Loading...
प्रकाशित मिति २ असार २०७७, मंगलवार १५:४९