भारत र चीनबीच झ’डपः २० भारतीय सेनाको मृत्यु

एजेन्सी । भारत र चीनको सीमामा भएको झ डपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झ’डप भएको हो ।

यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि त’नाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप त नाव सिर्जना भएको थियो । त्यसपछि भएको झ डपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृ त्यु भएको छ ।

ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मा’रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Loading...
प्रकाशित मिति २ असार २०७७, मंगलवार १७:५१