तरकारी बोकेको जीप दुर्घटना

काठमाडौं ११ साउन / काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना भएको छ।

तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ।

तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनानमा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

अन्य समाचार

सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर युवतीको मृत्यु

रामेछाप – रामेछापमा सेल्फी खिच्ने क्रममा खसेर एक युवतीको ज्यान गएको छ। जिल्लाको सदरमुकाम मन्थली स्थित तामाकोशी नदीमा खसेर भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी १९ बर्षिया शर्मिला कर्मचार्यको मृत्यु भएको हो।

मन्थली नगरपालिका वडा नं २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा नदीसमेत आउने गरी सेल्फी खिच्ने क्रममा उनी तामाकोसी नदीमा खसेकी थिइन्। नदीमा खसेर गम्भीर घाइते भएकी कर्माचार्यको उपचारको क्रममा तामाकोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक कर्मचार्य केही साथीसहित दोलखा घुम्न हिडेको प्रहरीले जनाएको छ। लाशलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ। मृतकका आफन्त भक्तपुरबाट मन्थली आएपछि भोलि मात्रै पोष्टमार्टम गरी लाश परिवारलाई जिम्मा लगाइने प्रहरीको तयारी छ।

Loading...
प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०१:३०