साउदीको जेद्दाबाट २७० नेपाली ल्याइँदै ( नामावली सहित)

काठमाडौं /  साउदी अरबको जेद्दाबाट पहिलो चरणमा प्राथमिकताका आधारमा २७० जना नेपालीलाई स्वदेश फर्काइने भएको छ ।

साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले नेपाल फर्काइने नेपालीहरुको सूची सार्वजनिक गरेको हो ।

कोरोनाका कारण समस्यामा परेकाहरुलाई प्रथामिकताको आधारमा पहिलो चरणमा २७० जनालाई स्वदेश फर्काउन लागिएको  महावाणिज्य दूतावासले जनाएको छ ।

जेद्दाबाट कहिले उडान हुने भन्नेबारे भने जानकारी गराइएको छैन । स्वदेश फर्कने नेपालीको साथमा सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटीडी नेगेटिभ रिपोर्ट हुनुपर्ने दूतावासले जनाएको छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।

जेद्दाबाट फर्काइने नेपालीहरुकाे सूची

Loading...
प्रकाशित मिति ३ असार २०७७, बुधबार ०४:०३