no-image

कास्की – कास्की नौडाँडा निवासी विक्रम परियार पोखरामा आध्ययनरत छन्  । उनी अध्ययन सँगै साहित्य,चित्रकला र गायन क्षेत्रलाई स्थान दिने गर्छन् पछिल्लो समय उनी चित्रमा ब्यस्त देखिन्छन्,साहित्यमा अब्बल कलम चलाउने उनको कलम चित्रमा पनि अब्बल चल्न थाल्यो । सानो उमेरमा नै गजल,मुक्तक,हाइकु,शेन्यु,केस्रा र कविताहरू मीठा मीठा लेख्ने गर्छन् । पढौं उनका एक-एक गजल र कविता

गजल

मैले के पुज्ने होला नास्तिक बने पछाडि

माया नि पुज्न छाडेँ आशिक बने पछाडि

माया थियो भने त सद्दे बनाई बस्थ्यो

छाडेर हो गएको बेठिक बने पछाडि

हाँस्ने हजार कारण पनि छन् भएर के भो

रूने एकै बहाना मौलिक बने पछाडि

लाग्ला र कति समय खै जाबो समुन्द्र बन्न

यो आँसुको बगाई दैनिक बने पछाडि

मालिक म माथि पनि छ हर बार सम्झिनेले

नोकर थिएँ भुलेछ, मालिक बने पछाडि

उनको कविता

कविता नलेख भन्छन

(कविता)

मलाई अचेल बा

मुटुमाथी ढुङ्गा राखेर हो कि

या दिलमाथी थुङ्गा राखेर हो

कविता नलेख भन्छन

अनि

आमा पनि बा'को दिलको थुङ्गामा थुङ्गा गास्छिन।SSS

ठुलै माला बनाउछिन थुङ्गाको

म चाहिँ माली साहित्यको डुङ्गाको

तर ए बाबू

किनारा नदेख भन्छन

अचेल बाआमा मलाई

कविता नलेख भन्छन।

हुन पनि हो

कोदाली लिइ हिडेको बिर्खे रुपैयाँ लिई फर्कन्छ

तर यो कवि

डायरी बोकेर हिडेपछी कविता लिई फर्कन्छ

बडेमानको बिटो,

छिटो भन्दा छिटो

ल्याउन सकेका भए

सायद भन्थेनन् ।

तर म अजिबको छु

आमाले साडी च्यातियो भन्छिन

म आमाको च्यात्तिएको साडिको कविता लेख्छु

आमालाई फरिया चाहिएको छ

म गरिबी र आमाको मेहेनेतको कविता लेख्छु

बाले टोपी फाट्यो छोरा भन्छन

म बाबाको फाटेको टोपिको पनि कविता लेख्छु

थाहा छ बालाई टोपी चाहिएको छ

म भने त्यो परिश्रम र जिम्मेवारीको कविता लेख्छु

यी

अक्षरका ढाकाटोपी

साडी चोलि पटुकी

बनाउन सकेका भए

सायद भन्थेनन् ।

ए बाबू

ए कविताकार ज्यु

कविता नलेख्नुहोस

तर प्याच्च मुटुमा बिझ्ने गरि भन्छन

अचेल बाआमा मलाई

कविता नलेख भन्छन।

अरे बाआमा त कविता मात्रै नलेख भन्छन

तर, यी बुझेका शिक्षकले त

कविता गजल गित हाइकु सेन्यु

तप्कना कथा उपन्यास

आदि आदि नलेख  भन्छन

हुन पनि हो

हिजो मैले जितेको रेशम आज प्रथम भएको छ

तर यो साहित्यिक

पढ्दै पढ्दैन यहि साहित्यमा प्रथम भएको छ

कबिता नलेखी उहीँ कार्य

प्रथम विद्यार्थी गृहकार्य

गर्न सकेको भए

सायद भन्थेनन्।

तर म अजिबको छु

तिनिहरू गजल नलेख पढ केटा भन्छन

म गजल नलेख भने सरले भनेर कविता लेख्छु

साहित्यिक वाला साहित्यले उत्तर दे भन्छन

म मेरो साहित्यको खिल्ली उडाए भनी कविता लेख्छु

उनिहरू यसै गरि अनेक अनेक भन्छन

तर म गजल गित कथा हाइकु अनि कविता लेख्छु

लेखिरहन्छु लेखिरहन्छु अनि देखाई पनि दिनेछु

तर जे भनुन बालै भएन हो म कविता लेख्छु।

यो

कवि कविता लेख्छ

यसरी नै ठूलो बन्नेछ

भन्ने सोचेका भए

सायद भन्थेनन्।

तर म चित्त दुखाउन्न

कसै सँग पनि रिसाउदिन

म के गर्छु त

श्रीप यहि कविता लेख्छु।

कठै!

यहि कविता नलेख भन्ने धेरै छन

प्रियसि मुटुमा छोयो प्यारो कवि

कविता नलेख भन्छिन

संगिनी उनैको स्वरमा स्वर थपी

कबिता नलेख भन्छिन

साथि ह्या बरु प्रेम पत्र लेख्दे दामी

कबिता नलेख भन्छ

यो मन नि तिनैसंग यसै जाती

कविता नलेख भन्छ

अपसोच्!

जे भए नि कविता लेख्छु

तर अचेल मलाई

बा आमा शिक्षक शिक्षिका

प्रीयसी संगिनी

साथी सगै दिल पनि

यसरी नै

कविता नलेख भन्छन।

उनको चित्रलाई पनि हेरौं ।

Loading...
प्रकाशित मिति ३ असार २०७७, बुधबार ०६:१२