विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना

पाँचथर। अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ । तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँले ले बनाएको नियम अहिले पनि जारी छ ।

वैदेशिक रोज गारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाएका थिए जुन अहिले पनि चलनमा छ । अर्काकी श्रीमती लैजाने लाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् ।

सो रकम पीडित श्रीमानका लागि राहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमती बीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिए पछि असमझदारी देखिएको छ ।

Loading...
प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०३:४१