एजेन्सी – भारती प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीन बीच भएको भिडन्तपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
मोदीले जुन १९ अर्थात असार ४ गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठक असार ४ गते साँझ ५ बजे बस्ने भएका छन् ।
सोमबार राति लद्दाखको पूर्वी क्षेत्रको वास्तविक नियन्त्रण रेखा को गलवान उपत्यका सीमा क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो।
उक्त भिडन्तमा भारतका एक उच्च सैनिक अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। मोदीले त्यसपछि उत्पन्न भएको परिवेश बारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।