उदयपुरमा थप ४ जनामा कोरोना पुष्टि

उदयपुरमा आज थप भएका कोरोना संक्रमित सवै एकै वडाको रहेका छन् । त्रियुगा नगरपालिका–४ को ३ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका ३६, ४६ र ४८ वर्षीय पुरुष र २८ वर्षीया महिला संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदपुरले जनाएको छ ।

सवै संक्रमितहरु भारतबाट आएर गत जेठ २२ क्वारेन्टाईनमा बसेको बुझिएको छ । उनीहरुको गत २८ गते नमुना स्वाव संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमित दिनानुदिन बढिरहेको बेला पछिल्लो २४ घन्टामा थप ५ सय ८६ जना नयाँ संक्रमित थपिएको जनसंख्या तथा स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा कुल कोरोना संक्रमित सङ्ख्या ७१ सय ७७ पुगेको छ । लामो समयको लकडाउनपछि सरकारले गत असार एक गतेदेखि लकडाउन खुकुलो गरेको छ, लकडाउन खुकुलो गरेसँग झन धेरै संक्रमितहरु बढिरहेको छ ।

हालसम्म नेपालको विभिन्न अस्पतालबाट कोरोना मुक्त भई घर फर्किनेको सङ्ख्या ११ सय ६७ रहेको छ भने पछिल्लो २४ घन्टामा ९ जनाले कोरोना जितेका हुन् । नेपालमा हालसम्म धेरैजसो संक्रमित भारतबाट लकडाउनको समयमा नेपाल आएकाहरु छन् ।

त्यस्तै नेपालमा कोरोनाबाट थप १ जनाको ज्यान गएसँगै मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । पछिल्लो मृत्युु हुनेमा बाँकेको महिला रहेको मन्त्रालयले जनाएको छ ।

Loading...
प्रकाशित मिति ३ असार २०७७, बुधबार १०:५४