कोहलपुर पिपिरीमा राहत वितरण

बाँके ०४ असार / विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले मुलुकलाई लामो समय लकडाउन गरेसँगै बन्दाबन्दी कारण समस्या परेका कोहलपुर नगरपालिका ९ पिपिरी गाउँबासीलाई राहत वितरण गरिएको छ ।

Haus der hoffnung र self-help nepal को सहयोग र कोहलपुर वडा नं ९ को सहकार्यमा बिहिवार बिहान राहत सामाग्री वितरण गरिएको हो ।

पिपिरी गाउँबासीलाई खाद्यान्न दाल, चामल, नुनतेल लगायत अन्य सामाग्री स्थानिय नवराज बुढाथोकीको घरमा वितरण गरिएको हो ।

तस्बिर : ओमराज डाँँगी

Loading...
प्रकाशित मिति ४ असार २०७७, बिहीबार ०२:५३