विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार नाघ्यो

काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहीबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २ सय ६३ पुगेको छ भने संक्रमितको संख्या ८४ लाख १ सय २९ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४४ लाख १४ हजार ९ सय ९१ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १९ हजार ९ सय ४१जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ लाख ३४ हजार ४ सय ७१ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ९ लाख १८ हजार ७ सय ९६ जना निको भइसकेका छन् ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४६ हजार ६ सय ६५ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ६०  हजार ३ सय ९ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७८  पुगेको छ भने संक्रमितको संख्या ५ लाख ५३ हजार ३ सय १ पुगेको छ ।

Loading...
प्रकाशित मिति ४ असार २०७७, बिहीबार ०३:३४