नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए आज : थप २ जनाको मृत्यु

काठमाडौं, ०४ असार / नेपालमा पछिल्लो २४ घन्टाभित्र अहिलेसम्मकै धेरै कोरोना संक्रमित ६ सय ७१ जना थपिएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १९ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस अघि हिजो सबैभन्दा बढी ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।

हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या ११ सय ८६ पुगेको छ भने नेपाली फेरि कोरोना संक्रमित २ जनाको ज्यान गएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ ।

Loading...
प्रकाशित मिति ४ असार २०७७, बिहीबार १०:५०