मलेसियाबाट १ सय १७ जना नेपाली बोकेर काठमाडौं आइपुग्यो जहाज

काठमाण्डौ / कोरोना भाइरसका कारण मलेसियामा अलपत्र परेका १ सय १७ नेपाली बोकेर हिमालय एयरलाइन्स काठमाण्डौ आइपुगेको छ । हिमालय एयरलाइन्सले १२ जना महिला र १०५ जना पुरुष गरी ११७ जनालाई स्वदेश ल्याएको हो ।

मलेसियामा स’मस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् । जुन २० अर्थात पर्सि शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले नै र जुन २६ र २७ मा नेपाल एअरलाइन्सले उडान भर्नेछ ।

यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यहोर्नु पर्ने नियम छ ।

यस्तै मलेसियामा रहेको नेपाली दूतावासले भिसा वा करार सकिएर स्वदेश फर्कने नेपालीसँग मलेसियाको अध्यागमनले चेकआउट मेमो खोजेकाले टिकट का’ट्नुअघि चेकआउट मेमो लिन सक्ने नसक्ने भनेर यकिन गर्न अनुरोध गरेको छ । चेकआउट मेमो लिएको तर कोरोनाको कारण म्याद सकिएको भए पनि स्वदेश फर्कन पाइने दूतावासले उल्लेख गरेको छ ।

भिसाको म्याद भएका तर बिदामा नेपाल फर्कनेले रोजगारदाताबाट बिदाको पत्र अनिवार्य साथमा राख्न पर्नेछ ।कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पनि साथमा हुनुपर्नेछ ।

– फाइल फोटो

Loading...
प्रकाशित मिति ४ असार २०७७, बिहीबार १२:१५