अर्जुन बुढाको “तिम्रै मनको छानो” सार्वजनिक भिडियो हेर्नुहोस् ।

  • सुस्मा श्रेष्ठ

काठमाडौ ०५ असार / नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अहिलेका युवा नब गायक तथा मोडल अर्जुन बुढा को पहिलो प्रस्तुति डि जे गीत “सुन्तली “सार्बजनिक भैसकेको थियो भने,आज भन्दा  केही महिना अगाडि अर्जुन को अभिनय मा रहेको पुनः अर्को  गीत “तिम्रै मनको छानो ” बजारमा आएको छ।

अहिले का युवा नब गायक तथा मोडल अर्जुन बुढा कैलाली मा जन्मिएर गीत संगीत लाई न्याय दिदै बिगत लामो समय देखि भारत मा कार्यरत छन।बिश्वभर महामारी को रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) बाट नेपाल सरकारले पनस देशलाई लकडाउन घोषणा गरेको आज ८८ औं दिन भैसकेको छ।

लकडाउन को कारण आफ्नो साङ्केतिक कार्य रोकिएको र नयाँ विषय बस्तु लाई समेटेर गीत संगीत बजार मा ल्याउन नसकेको र लकडाउन बन्दाबन्दी को बेला मनोरञ्जन को लागि आफ्नो पुरानै कोशेली “तिम्रै मनको छानो ” गीतलाई अगाडि बढाउन चाहेको गायक तथा मोडल अर्जुन बुढा बताउछन्।

“तिम्रै मनको चिनो” गीतमा गायक ईन्द्र के.सि र गायिका माया बि.सि को स्वर  रहेको भने  शब्द पनि के.सि कै रहेको छ,संगीत एरेन्ज पदम बि.सि को रहेको छ,सम्पादक लक्ष्मण चौहानको रहेको छ भने छायांकन प्रकाश खड्का निर्देशक बिक्रम चौहान को रहेको गीत मा अर्जुन बुढा र दिपु शाही को अभिनय रहेको छ।”तिम्रै मनको छानो”गीत अर्जुन बुढा अफिसियल युटुब च्यानल बाट सार्बजनिक भैसकेको छ ।

गीतको पूरा भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

Loading...
प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ००:०७