उपसभामुख तामाङले गाडी किन्ने रकम फिर्ता गरिन्

बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नयाँ गाडी किन्न र निवासमा नयाँ भवन बनाउन छुट्याएको रकम फिर्ता गराएका छन ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि स्वास्थ्य क्षेत्रमा संकट भएको बेला जनताको स्वास्थ्य र अन्य अति आवश्यक क्षेत्रमा खर्च गर्न भन्दै उक्त रकम फिर्ता गराएका हुन ।

वागमती प्रदेशसभा सचिवालयले उपसभामुख तामाङको लागि नयाँ गाडी किन्न र सडक डिभिजनको कम्पाउन्डभित्र नयाँ भवन बनाउनका निम्ति रकम विनियोजन गरेको थियो गत २०७६ फागुन १४ गते बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गाडी किन्ने निर्णय गरेको थियो भने, भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममा परेको थियो ।

हाल चढिरहेको गाडी होचो भएका कारण फिल्डमा जान कच्ची सडकमा समस्या भएकोले नयाँ स्कार्पियो गाडी किन्ने निर्णय भएको उप सभामुख तामाङले बताए । म लकडाउनको बिचमा पनि तीन पटक विभिन्न जिल्ला र आफ्नो निर्वाचन क्षेत्र पुगें त्यहाँको अवस्था र देशैभरि कोरोना नियन्त्रणका लागि आवश्यक तयारीमा रहेका अभाव देखेपछि मन बदलियो’ उपसभामुख तामाङले भने फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री समेत नपुगिरहेको अवस्थामा सरकारको ध्यान त्यता केन्द्रीत होस भनेर हाम्रा समस्या थाती राखेर मैले यो निर्णय गरेकी हूँ ।

हाल उपसभामुख तामाङले टाटाको स्ट्रोम जीप चढिरहेका छन् । सचिवालयले सभामुख र उपसभामुख निवासमा स्वकिय सचिवालय निर्माणका लागि भनेर ५८लाख ३०हजार रकम विनियोजन गरेका थिए ।

गत मंसिरमा निर्णय भई इविडिड्ड मार्फत ठेक्का प्रक्रिया बढाउने भनिए तापनि ढिलासुस्ती र लकडाउनका कारण भन्दै सचिवालयले २०७७जेठ अन्तिम सातामा आएर मात्र निर्माण कार्य अगाडि बढाएका थिए । ताम्सालिङ खबरबाट

Loading...
प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ००:५३