नेपालमा कोरोना संक्रमित ८ हजार नाघ्यो, आज थपिए  ४ सय २६ जना

काठमाडौं ०५ असार / विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले देशलाई लाम समय लकडाउन घोषणा गरेपनि संक्रमित सङ्ख्या तिव्र गतिमा बढ्दै गइरहेको छ । लामो समयको बन्दाबन्दीमा जनजीवन प्रभावित भयो भन्दै लकडाउन विरोध हुन थालेपछि असार १ गतेबाट सरकारले लकडाउा खुकुलो बनाउने निर्णय गरेको हो ।

निजि सवारीसाधन जोरबिजोर प्रणाली लागू गरि चल्नदिने र उधोग कलकारखाना र पसलहरु खोल्ने निर्णय गरेसँगै झन नेपालमा संक्रमितहरुको सङ्ख्या दिनानुदिन उकालो लागिरहेको छ ।

पछिल्लो २४ घन्टा भित्र नेपालमा ४ सय २६ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित सङ्ख्या ८ हजार २७२ पुगेको छ । दिनानुदिन झनझन संक्रमितहरु बढ्दै जानू भनेको नेपालको लागि खतराको संकेत पनि हो । हालसम्म धेरै जसो संक्रमितहरु भारतबाट लकडाउनको समयमा नेपाल भित्रिने नेपालीहरुमा देखिएको छ ।

हालसम्म कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या १४ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय १६ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिलेसम्म अरु संक्रमितहरुको अवस्था पनि सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २२ रहेको छ । ज्यान गुमाउनेहरु मध्य धेरैको मृत्यु पछि कोरोना पोजेटिभ देखिएको हो ।

Loading...
प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १०:४५