वैदेशिक रोजगारी खुला गर्ने सरकारकाे निर्णय

काठमाडौं / सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निणर्य गरेको हो ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

वैदेशिक राजगारीमा जानेलाई श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निणर्य गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निणर्य गरेको छ ।

क्वारेन्टाईनकोे अनुगमन तथा सहजीकरण र आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

त्यस्तै  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।

गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै यस्तो निर्णय गरेको हो । प्रतिबन्ध लगाए पनि अत्यावश्यक कामका लागि भने जान पाइने छ । त्यसै गरि विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुदा सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि गृह मन्त्रालयले भनेको छ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।

उद्योग, विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन गरिएको छ ।

Loading...
प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १५:२५