नीताको चलचित्रमा समुन्द्रको निर्देशन

काठमाडौं / नायिका निता ढुङ्गानाले दुई वर्षा अघिको आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् । जसको बारेमा बेला बेलामा निताले काम भइरहेको जानकारी दिँदै आएकी थिइन् । केही समय अघि उनले आफूले निर्माण गर्न लागेको चलचित्रको नाम समेत फाइनल गरेकी थिइन् तर उनी लगानी गर्ने मान्छेको खोजीमा भएको बताएकी थिइन् ।

यति बेला उनले निर्माण गर्ने भनिएको चलचित्र ‘मम हन्टिङ’ थाती राख्दै नयाँ चलचित्रको लागी काम गरिरहेको बताएकी छिन् । नयाँ चाल्चित्रको स्कृप्टमा काम भइरहेको र चलचित्र समुन्द्र भट्टले निर्देशन गर्ने फाइनल भैसकेको छ । चलचित्रको टाइटल ’माया’ राखिएको छ भने मुख्य अभिनेत्रीमा निता नै रहने र उनलाई अभिनेता कोसिस क्षेत्रीले साथ दिने पक्का भएको छ ।

निताको आफ्नै कथा रहेको छ भने स्कृनप्ले र संवाद लेखन कोशिशले जिम्मा लिएका छन् उनलाई निर्देशक भट्टले साथ दिने बताइएको छ ।  कोशिशले चलचित्र ‘मोक्ष’ बाट चलचित्रमा डेब्यु गरेका हुन् भने उनको अभिनयको प्रशंसा सबैले गरेका थिए ।

सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाङ्कन गरिने चलचित्र भदौ दोस्रो साताबाट फ्लोरमा जाने र अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन भने बाँकी रहेका छन् ।

Loading...
प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०९:३०