गण्डकी प्रदेशको ४ जिल्लामा ५० जना कोरोना संक्रमित थपिए

काठमाडौं / गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । तनहुँमा २ जना बागलुङमा २९ जना नवलपरासी बर्दाघाट सुस्तापुर्वमा १८ जना र मुस्ताङमा १ जना गरि शनिबार साझ ५० जना थपिएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमित सङ्ख्या ४ सय ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

 

यो पनि :  नेपालमा पछिल्लो २४ घन्टा भित्र ३ सय ३१ जना नयाँ कोरोना संक्रमित थपिएसँगै हालसम्मको कुल संक्रमित सङ्ख्या ८ हजार ६०५ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको सङ्ख्या १,५७८ रहेको छ भने , पछिल्लो २४ घन्टामा १७६ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

हालसम्म नेपालमा २ लाख ५२ हजार ३ सय आरडिटी परिक्षण र १ लाख ६९ हजार १ सय ६५ जनाको पिसिआर परिक्षण गरिएको छ । पछिल्लो समय पिसिआर परिक्षणलाई थप प्राथमिकता साथ अगाडि बढाउन माग बढेसँगै सरकारले तिव्र गतिमा पिसिआर परिक्षण गरिरहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै देशभरिको आइसोलेसनमा रहनेको सङ्ख्या ७ हजार पुगेको छ भने , क्वारेन्टाइनमा बस्ने सङ्ख्या १ लाख २ हजार रहेको छ ।

मुलुकलाई लामोसमय कडा लकडाउन घोषणा गरेसँगै जनजीवन प्रभावित हुन थालेपछि सरकारले गत असार १ गतेबाट लकडाउन खुकुलो बनाएको छ । तर, झन लकडाउन खुकुलो बनाएसँगै दिनानुदिन संक्रमित सङ्ख्या ह्वात्तै बढिरहेको छ ।

Loading...
प्रकाशित मिति ६ असार २०७७, शनिबार १४:४८