पहिरोले गाडी किच्दा, २ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौं, ११ साउन । रसुवामा ढुंगे पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक सुमो गाडी क्षतिग्रस्त भएको छ ।

घाइते ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर पुरिएको हो ।

अन्य 

अौषधी किन्ने खर्च कटाएर क्रिकेट रंगशालालाई सहयोग

चितवन : भरतपुर महानगरपालिका वडा नः १० की ७८ बर्षिया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार दिएकी छन्। धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मस लाई उनी बस्दैं आएको होटलमा नै पुगेर डम्वरकुमारीले सो रकम दिएकी हुन् ।

भरतपुरको गर्मीमा नाला खाला पसिना निकाल्दै नाती र ज्वाईको साथ लागेर आएकी डम्वर कुमारीले रंगशाला निर्माणको कामलाई सहयोग गर्न भनेर रकम दिएको बताइन् । रकम मात्रैं दिइनन् डम्वर कुमारीले फाउण्डेशनका अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र समयमा नै रंगशाला निर्माण गर्न आर्शिवाद पनि दिइन् ।

केही बर्षअघि वितेका श्रीमानको नाममा राखेको कोषबाट प्राप्त ब्याजको रकम जम्मा पारेर रंगशाला निर्माणका लागि दिएको डम्वरकुमारीको भनाइ छ । ‘कसैले पनि रंगशालाका लागि रकम दे भनेर दिएको हैन’ डम्वरकुमारीले रुमालले अनुहार पुच्छै भनिन्, ‘मेरो मनबाटैं आयो रंगशालाका लागि पैसा दिनुपर्दछ भनेर ।’ उनले गएको असार २१ गते नै रंगशालाका लागि पैसा दिने सोच बनाएको बताइन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले लेखेको स्टाटस जस्ताको तेस्तै: जनस्तरबाट निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि ७८ बर्षिय हजुरआमा डम्बर कुमारी पण्डीतले प्रेम बहादुर पण्डीत तथा डम्ब। कुमारी पण्डीत स्मृती प्रतिष्ठानको तर्फबाट पहिलो चरणमा ५० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ। यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा डम्बर कुमारी पण्डीत र प्रेम बहादुर पण्डीत तथा डम्बर कुमारी पण्डीत स्मृती प्रतिष्ठान लाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

Loading...
प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १६:५९