साउदीमा अकामा नविकरण नगरिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना

उज्यालो नेपाल, जेठ ७- साउदी अरबमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ !

दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला ! दुताबासको सुचना यस्तो छ !

साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरुलाई सूचना ।

यस राजदूतावासले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिषा (Exit Visa) सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीषा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ । वहिर्गमन भीषाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भैरहेको छ ।

यो प्रकृयो थालनी स्वरुप सरकारले हालसम्म ७४ जना नेपालीहरुलाई बहिर्गमन भीषा जारी गरेको छ । यसरी भीसा लागेकाहरु भीषा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ । स्वदेश फर्कने उडान र मिति आदिका बारेमा चाँडै जानकारी गराइने छ ।

साथै, बहिर्गमन भीषाका लागि आवेदन दिएका र दिन बाँकी रहेकाहरुका लागि समय समयमा सूचना जारी गरी जानकारी गराइने भएकोले धैर्य गरी बस्नुहुन अनुरोध गर्दै हाल यस विषयमा नेपाली राजदूतावासको Facebook पेज नियमित हेर्नुहुन पनि अनुरोध छ ।

Loading...
प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०७:२६