पहिरोका कारण अर्घाखाँची जिल्लाका कयौं घर उच्च जोखिममा

अर्घाखाँची  – निरन्तर बर्षाका झरेको पहिरोका कारण अर्घाखाँची जिल्लाका २२ घर उच्च जोखिममा छन् ।

सन्धिखर्क नगरपालिका वडा न. ६ नरपानीमा १०घर र वडा न. ७ मा ५ घर र वडा न. ४ खनका २ घर पहिरोको उच्च जोखिममा छन् । सोही नगरपलिका खनका २ घर सुरक्षीत ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै शितगङ्गा नगरपालिका वडा  न. ४ ठाडाका ३ घर स्थानान्तरण गरिएको छ र भुमिकास्थान नगरपालिका वडा न. ९ ढिकुराका १ घर परिवार र वडा न. १० धन्चौर फुलबारीका १ घर परिवारलाई सुरक्षीत ठाउँमा स्थानान्तरण गरिएको छ ।

Loading...
प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०८:१५