ह्वात्तै बढ्यो अण्डाको मूल्य, हेर्नुहोस् क्यारेटको कति ?

काठमाडौँ १० असार /  नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । लकडाउन खुकुलो भएसँगै अण्डा उत्पादक संघले  अण्डाको मूल्य बढाएको हो ।

लकडाउन खुकुलो भएपछि अण्डाको माग बढ्न थालेपछि अण्डा उत्पादक संघले  अण्डाको मूल्य बढाएको बताइएको छ ।

संघले  क्यारेटमा २० रुपैया बढाएको हो । २८५ रुपैयाँ पर्ने क्यारेटको मूल्य अब बढेर ३०५ रुपैयाँ पुगेको बतायएको छ । लकडाउन शुरु हुँदा अण्डाको मूल्य प्रति क्यारेट २४० रुपैयाँ रहेको थियो ।

बैशाखदेखि हालसम्म  संघले तीन पटक अण्डाको मूल्य बढाएको छ । किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको मूल्य अब घरसम्म पुग्दा ३५० सम्म पुग्ने बताइएको छ ।

Loading...
प्रकाशित मिति १० असार २०७७, बुधबार ०६:०३