जीप दुर्घटना : १४ जना घाइते, दुईको अवस्था गम्भीर

बाजुरा, १० असार / बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।(रासस)

Loading...
प्रकाशित मिति १० असार २०७७, बुधबार १३:५६